समयमै योजना सम्पन्न गर्ने ठेकेदारको रुपमा परिचित केशवबहादुर पाल

रामदत्त मिश्र, काठमाडाैँ 

समयमा ठेक्का सम्पन्न नगरेको भन्दै ठेकेदारहरु बदनाम भइरहेका बेला एउटा युवा ठेकेदार भने आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । देवहरी निर्माण सेवाका प्रोपाइटर केशबहादुर पाल पछिल्लो समय सबैको लागि प्रशंसनीय पात्र बन्न पुगेका छन् । दार्चुला घर भएका पालले अधिकांश ठेक्काहरु तोकेको समयसिमा भन्दा अगावै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्दै आइरहेका छन् । ढिलासुस्तीका कारण आफ्नो छवीमा दाग लाग्न नदिनु नै ठेकेदार पालको विशेषता हो । कुनै ठेक्का लिइसकेपछि आफ्ना कामदारहरुलाइ निर्देशन नै दिएर समयमा काम सक्न खटिरहनुहुन्छ । एउटा मात्रै ठेक्का नभइ आफुले निर्माणको जिम्मामा ल्याइसकेका सबै कामहरु समयमा नै समपन्न गरेका छन् उहाँले सम्पन्न गरेका केहि योजनाहरु यस प्रकार रहेका छन् ।

दार्चुला जिल्लाको महाकाली नगरपालिकामा बृहत खानेपानी योजना २०७६ साल जेठ ८ गतेदेखि निर्माण सुरु गरेकोमा सम्झौता अवधि अगावै निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गरिसक्नुभएको छ यसैगरी मालिकार्जुन कन्सट्रक्सनको सहकार्यमा महेन्द नमुना माविको विद्यालय भवन तथा छात्रावास निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसक्नुभएको छ ।

दुहु गाउँपालिका वडा न ३ मा बाटमुनि खानेपानी योजना सम्पन्न भई उक्त योजना हाल सञ्चालनमा आइसकेको छ । यसैगरी मालिकार्जुन कन्स्ट्रसनको सहकार्यमा दुहु गाउँपालिका वडा न ४ मा स्वास्थ्य भवन समेत निर्माण सम्पन्न गरिसकेको छ भने मालिकार्जुन कन्स्ट्रसन कै सहकार्यमा देवहरी निर्माण सेवाले धुलिगाडा स्वास्थ चौकि भवन समेत निर्माण गरिसकेको छ ।

यस्तै धुलिखेल एल. बि. एण्ड ए. बि. जे/भी ले २०७८ जेठ १४ को कार्य आदेश लिई काम संचालन गरी देवहरि निर्माण सेवाले सव कन्ट्राक्टरको रुपमा कामगरी तोकिएको समय भन्दा अगावै २०८० जेठ ४ गते कार्य सम्पन्न गरी दार्चुला जिल्लाको स्थानीय तहको पहिलो १० शैयाको अस्पताल नौगाड गाउँपालिकालाई हस्तान्तरण गरिसक्नुभएको छ ।

यसैगरी मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका दार्चुलाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन समेत निर्माण सम्पन्न गरि हस्तान्तरण गरि सकेको छ । चमेलिया-कुसकाँणा-कुणी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरि सकेको र हस्तान्तरण गर्ने तयारीमा देवहरी निर्माण सेवा जुटेको छ । यसैगरी मार्मा गाउँपालिका दार्चुलाको स्वास्थ्य भवन निर्माण सम्पन्न भइ सकेको छ भने केहि समयमा नै हस्तान्तरणको तयारी रहेको छ ।

मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कम्पनी र गाउँपालिकाको विवादका कारण अदालतमा मुद्दा विचाराधिन रहेको कारण काम रोकिएको छ भने संरचना निर्माण भइसकेको छ । यस्तै बैतडीको पाटन, कञ्चनपुरको झलारी र कैलालीको टीकापुरमा महिला बालबालिका तथा जेष्ठ नागरिक भवनका लागि सम्झौता भइ निर्माण कार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्