ढुङ्गाले लागेर बझाङमा एक महिला स्वास्थ्य स्वयंसेविकाकाे ज्यान गयाे

सांकेतिक तस्बिर

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ आमवगरकी ४१ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका पञ्चमाला जोशीको ढुङ्गाले लागेर ज्यान गएको छ ।

सडकमा हिँडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले लागेर जाेशीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । वर्षाका कारण कच्ची सडक माथिबाट ढुङ्गा खसेको स्थानीयवासीकाे अनुमान छ ।

दिउँसो एक्लै हिँडेकी जोशीको शव हिजो बेलुका स्थानीयवासीले फेला पारेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्