काठमाडौं- राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाई रहेका छन् । उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
उनका अनुसार पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । उनीमाथि पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको आरोप छ ।