काठमाडौं– संस्थागत विद्यालय संचालकहरूको मञ्च(फिजम)ले आयोजना गरेको फिजम अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ को उपाधी माउण्ट सेब स्कुलले पाएको छ ।
शुक्रबार काठमाडौँमा सम्मपन्न प्रतियोगिताको उपाधी काठमाडौँको जडिबुटीमा अवस्थित माउण्ट सेब स्कुलले पाएको हो । प्रतियोगितामा १७ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । वागमती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितमा प्रथम स्थान प्राप्त गर्न सफल माउण्ट सेबका विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यसैगरि कोटदेवी विद्यानगर टोल सुधार समिति, का.न.पा.–३२, काठमाडौंको आयोजना गएिको बृहत् हाजिरीजवाफ प्रतियोगिता २०८१ मा यस माउण्ट सेब स्कुलले तेश्रो स्थान हासिल गर्न सफल भएको छ । समितिका अध्यक्ष देब चौलागाईंको सभापतित्वमा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा सम्पूर्ण प्रतियोगीहरुलाई ट्रफी, पुस्तक र नगद पुरस्कारले सम्मान गरिएको थियो ।
साथै विद्यालय भित्र मात्रै नभई बाहिर पनि विद्यार्थीहरुलाई विविध प्रतियोगितामा सहभागी गराउदैँ आइरहेको कुरा यस स्कुलका अतिरिक्त क्रियाकलाप इन्चार्ज ईश्वर केसीले जानकारी दिए ।