स्नेहा दर्नाल बनिन् माउण्ट सेब आइडल

काठमाडौं – माउण्ट सेब स्कुलले प्रत्येक बर्ष आयोजना गर्ने गायन तर्फको माउण्ट सेब स्कुल आइडल २०८१–सिजन १० यस बर्ष सम्पन्न भएको छ । जसमा कक्षा १ की छात्रा स्नेहा दर्नाल यस बर्षकी माउण्ट सेब आइडल बनेकी छिन् ।
यसैगरी कक्षा ४ मा अध्ययनरत छात्रा, बर्षा भुजेलले द्वितीय स्थान हासिल गरेकी छिन् भने कक्षा ३ की छात्रा रोशनी निरौला तेस्रो भएकी छिन् । चौथौ र पाचौं स्थानमा क्रमशः ऋनभ प्रधान र सुदिना श्रेष्ठ भएका छन् । कक्षा ५ को छात्र ऋनभ प्रधानले १८,०९७ अंकका साथ यस वर्षको Most Popular Award हात पारेका छन् । यस सिजनमा जम्मा ४० जनाले भाग लिएका थिए जसमध्ये १० जना सेमिफाइनलका लागि छनोट भएका थिए । सेमिफाइनल राउण्डबाट ५ जना फाइनल राउण्डका लागि छनोट भएका थिए । निर्णायकको भूमिकामा राजु नेपाल र निशान राई रहेका थिए ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल राजेश्वरी श्रेष्ठले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै फाइनल राउण्डका उत्कृष्ट चार प्रतिस्पर्धीहरुलाइ ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए। यस कार्यक्रममा बेलायती पाहुना शिक्षिका दासा ऋस्चेन्कोले पनि गीत गाउनुभएको थियो । विद्यार्थीहरुलाई हौसला दिन र अन्तर्निहित प्रतिभाको खोजी गर्न यस कार्यक्रमलाई निरन्तरता दिने यस स्कुलका अतिरिक्त क्रियाकलाप इन्चार्ज ईश्वर केसीले बताए ।

उक्त कार्यक्रम विद्यालयका शिक्षिका सृष्टि श्रेष्ठले सञ्चालन गरेकी थिइन् भने प्राविधिक संयोजन दिनेश शाहीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्