काठमाडाैं – अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्ने गायन तर्फको अर्किड आइडल सिजन १० यस बर्ष पनि सम्पन्न गरेको छ । जसमा रोजिना खड्का यस बर्षकी अर्किड आइडल बनेकी छिन् ।
यसैगरी द्वितीय आयन शाही भए भने तृतीय निमसाङ तामाङ र चौथो सुप्रभाती न्यौपाने भएकी छिन् । यस सिजन मा जम्मा १ सय ३५ जनाले भाग लिएका थिए जसमा ८५ जना सेमिफाइनलका लागि छनोट भएका थिए । जसमा सेमिफाइनल राउण्डबाट २३ जना फाइनल राउण्डका लागि छनोट भएका थिए । जसमा २३ जनाबीच प्रतिष्पर्धा गर्दै आज ४ जना उत्कृष्ट छनोट भएका हुन् । आज निर्णायको भूमिकामा लोक तथा देउडा गायक टंक तिमल्सिना रहेका थिए ।
उत्कृष्ट चार जनालाइ ट्रफि प्रदान गरिनुका साथै फाइनल राउण्डमा प्रवेश गर्ने २३ जनालाइ नै प्रमाणपत्र प्रदान गरिएको थियो । स्कुलका निर्देशक प्रेमकुमार भुजेलले उत्कृष्ट चारै जनालाइ बधाइ दिनुका साथै अन्य प्रतियोगिलाइ आगामी चरणको लागि शुभकामना दिनुभयो । विद्यार्थीहरुलाइ हैसला दिन र अन्तर्निहित प्रतिभाको खोजी गर्न यस कार्यक्रमलाइ निरन्तरता दिने गरेको समेत निर्देशक भूजेलले बताउनुभयाे ।
कार्यक्रम सञ्चालन विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले गर्नुभएको थियो ।