माधव र वामदेवबिच पार्टी एकताबारे छलफल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ ।

गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए । उनका अनुसार छलफल सकारात्मक भएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्ने बताएका छन् ।

अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गरेका हुन् । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्