काठमाडौँ – मनाङ् जिल्लाको सदरमुकाम चामे नेपाल बैंङ्क लिमिटेट चौथो तहमा कार्यरत तारणी प्रशाद पन्त कार्तिक १० गते वाट सम्र्पक विहिन भएका छन । कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुर घर भएका तारणी कार्तिक १० गते मनाङको भिउ टावर हेर्न सहकर्मी साथि अर्जुन खड्का संग गएका थिए । पछि साथि खड्का भिउ तावर चड्न नसक्ने भनेपछि तारणी एक्लै भिउटावरको उकालो चडेको खड्का वताउछन ।
तारणीको फोन १० गते राति १० वजेर ४५ मिनेट सम्म लागेको र फोन भने साँझ ४ वजेर ४५ मिनेटमा कुरा भएको साथि खड्काले वताए । तारणी सम्पर्क विहिन भएको घर परिवारलाई १० गते राति करिव ११ वजे तिर खवर भएको तारणीका भई विष्णु दत्त पन्तले वताएका छन । राति ११ वजे तिर फोन आयो तारणी सम्पर्क विहिन भएका छन् हामि तारणी लाई फोन गरीरहेका छौं फोन स्विच आफ भनि रहेको छ तारणीका साथी अर्चना वुढाखोकीले फोन गरेर वताएको तारणीका भाई विष्णुले वताए ।
घर परिवारमा तनावको स्थिती सृजना भएको हरेक दिन विहान दाजु घर आउने आशा हुन्छ तर दाजु ५२ दिन भइ सक्यो घरमा आउनु कहाँ हो कहाँ सम्पर्कमा समेत छैनन् तर हामी अहिले पनि आशामै छौं । हराएको दोस्रो दिनै मनाङ म लगाएत तिन जना घरका सदस्य चार जना मनाङ पुगेका थियौं स्थानिय, जनपद प्रहरी, सस्त्रप्रहरी, नेपाल आर्मी, बैंङ्का कर्मचारी र स्थानिय व्यपारीहरु मिलेर दाजु सम्पर्क विहिन भएको ठाँउ सम्म पुगेका थिर्यौ तर दाजु फेला परेनन् पनि हामिले हरेस खएका छैनौं म फेरी पनि मनाङ् गएर आएको हु तर त्यहाँ केहि भेटिएन हामी आसा मै छौ । यदि कसैको सम्पर्कमा घरको मोवाइल नम्वर ९८४०२९८३२२, ९८४८८३४६२४मा जानकारी गराई दिन गनुरोध गरेका छन ।
मनाङ जिल्लाका प्रहरी निरीक्षक चिरनजिवी पाण्डेयका अनुसार तारणी प्रशाद पन्त हराएको कार्तिक १० गते देखी नै नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना, स्थानिय वासिन्दा, स्थानिय व्यपारीको सहयोगमा हामिले निरन्तर १२ दिन खोजी कार्य गरेका थियौं एक दिन जिल्लाका जिल्ला प्रमुख अधिकारी समेत तारणी हराएको ठाँउमा पुगेका थियौं । तारणीको मोवाइलको अन्तीम लोकेशन हेर्दा मनाङको चामेमा नै रहेको छ । ठाँउ विकट जटिल भुगोलीक अवस्था भएका कारण खोजीकार्य गर्न असहजिलो भएको निरीक्षम पाण्डेयले वताए ।
नेपाल बैङ्क मनाङ चामेका शाखा प्रवन्धक रामचन्द्र पंगेनीले भन्नु भयो हामि बैङ्को अनुरोमा स्थानिय पालिकाको सहयोगमा ड्रोन क्यामेराको सहयोगले तारणी हराएको ठाँउमा हेर्यौं हेलेकप्टरको साहयताले पनि हेर्यो केहि कुनै पत्तालागेनन् हामि पनि आसमा नै छौ तारणी छिट्टै भेटिने छन ।