नेपालले दियाे भारतलाई९५ रनको लक्ष्य

काठमाडौं, २ पुस । एसिसी महिला यु–१९ एसिया कपमा नेपालले भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

समूह चरणको जारी दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो  ।

 

नेपालका लागि कप्तान पूजा महतोले २५ तथा अलिशाकुमारी यादवले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पछि  नेपाल ९४ रनमा सिमित भएको हो ।

 

भारतका लागि परुनिका सिसोडियाले चारसहित मिथाली र आनन्दिताले समान एक एक विकेट लिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्