आफैंमाथि गोली चलाउने असई चन्दलाई बर्खास्त गर्न सिफारिस

कैलाली – अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई प्रहरी संगठनबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्