काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ । आज राति १२ बजेबाट लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ । निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।