काठमाडौँ – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच सप्ताहको समापन गरिएको छ । नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । आज भएको समापन कार्यक्रममा विभिन्न पाँच बिधामा विजेता टोलीलाइ पुरस्कार वितरण गरिएको छ भने खेल सप्ताह सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग विभिन्न संघ सस्था तथा खेल संयोजकहरुलाइ सम्मान गरिएको छ ।
खेलकुद सप्ताहमा मार्चपासमा प्रथम हुने बेष्ट ग्रुप भीजन स्कुल, द्वितीय काठमाडाैँ स्कुल अफ सेन्ट्रल तथा तृतीय ग्रीन हिल एकेडेमीलाइ नगद सहित ट्रफि प्रदान गरिएको छ । काठमाडाैँको सिफलमा रहेको खेल मैदानमा खेलकुद सप्ताहको उद्घाटन तथा मार्च पासको आयोजना गरिएको थियो ।
यस्तै खेलकुद सप्ताहको पहिलो खेल अन्तर्गत फुटसलतर्फ विजेता टोलीलाइ समेत पुरस्कार वितरण गरिएको छ । जसमा अमर आदर्श स्कुलले प्रथम, बोधी सदन द्वितीय तथा निर्मल ज्योती स्कुल तृतीय र चोथो कान्तिपुर इंग्लिस स्कुल भएका थिए । चारवटै विद्यालयका खेलाडीहरुलाई कमलादीस्थित युनिग्लोब कलेजको फुटसलमा खेलहरु सम्पन्न भएका थिए ।
यसैगरी कबड्डी प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । छात्र र छात्रातर्फ विजेता हुने विद्यालयका खेलाडीहरुलाइ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा छात्रतर्फ प्रथम भीमेश्वर एकेडेमी, द्वितीय अर्किड प्युपल सेकेण्डरी स्कुल र तृतीय नेरिक एकेडेमी र गणेश हिमाल भएका थिए भने छात्रातर्फ प्रथम भीमेश्वर एकेडेमी, द्वितीय बेष्ट ग्रुप भीजन स्कुल, तृतीय अमर आदर्श स्कुल र ग्रीन ल्याण्डस् स्कुल भएका थिए । खेल काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको हो ।
तानडोरी प्रतियोगिता तर्फ छात्रमा प्रथम हुने ज्ञानभूमी स्कुल, द्वितीय हुने कान्तिपुर एकेडेमी र तृतीय हुने पीक प्वाइन्ट एकेडेमी र छात्रातर्फ कान्तिपुर एकेडेमी प्रथम, पीक प्वाइन्ट द्वितीय र मिलन धर्मस्थली तृतीय भएका थिए । छात्र र छात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई आज समापन कार्यक्रममा गरिएको हो । खेल काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको हो ।
यस्तै बास्केटबलतर्फ हिमाली स्कुल प्रथम, साइन मोडेल स्कुल द्वितीय र युनिभर्सल स्कुल तेस्रो भएका थिए । तीनै विद्यालयका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ सम्मान गरिएको हो । खेल कपन सरस्वतीनगरमा रहेको एपेक्स लाइफ स्कुलमा भएको थियो । खेल सफलतापूर्वक सम्पन्न भएको नेशनल प्याब्सन काठमाडाैँ जिल्ला उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलपा विभाग प्रमुख प्रेम कुमार भुजेलले बताउनुभयो ।