काठमाडाैं – अर्किड प्युपल सेकेण्डरी स्कुलले गायन तर्फको अर्किड आइडल सिजन १० अन्तर्गत आज सेमिफाइनल राउण्ड सम्पन्न गरेको छ । सिजन ९ मा जम्मा १ सय ३५ जनाले भाग लिएका थिए जसमा ८५ जना सेमिफाइनलका लागि छनोट भएका थिए । ८५ जनामा आज २३ जना फाइनल राउण्डका लागि छनोट भएका छन् । आज निर्णायकको भूमिकामा लोक गायक आलिफ खान रहनु भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड स्कुलले प्रत्येक बर्ष अर्किड आइडलको गायन तर्फ र नृत्य तर्फ छुट्टाछुटै प्रतियोगिता गर्दै आइरहेको छ । जसमा गायन तर्फको यो १० औँ संस्करण हो । अब फाइनल राउण्ड पौष ४ गते बिहिबार हुनेछ । जसमा राष्ट्रिय स्तरको कलाकार तथा गायक बोलाउने गरि तयारी भएको विद्यालय संयोजक नरेन्द्र पाण्डेयले बताउनुभयो ।
विद्यार्थीहरुमा अन्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने, विद्यार्थीहरुमा जिवनपयोगी सिप तथा संस्कारहरु सिकाउने, समाजीकरणमा सघाउ पुग्न तथा लोक संस्कृतिहरुको संरक्षण गर्ने जस्ता उद्देश्यहरु राखि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।