काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्ससँग विराटनगर १३ रनले पराजित भएको छ । एनपीएलभरीमा पहिलो पटक भएको सुपर ओभरमा पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।
१९ रनको लक्ष्य लिएर विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाउन सक्यो । विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर खेल हो ।
सुपर ओभरमा पोखराले पहिले ब्याटिङ गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौँथो बलमा राइफरले चौका प्रहार गरे । पाँचाैँ र अन्तिम बलमा सन्दीपले एक/एक रन खर्चिए ।
विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिए । पोखराले बलिङमा पुन रेमन राइफरलाई ल्याएको थियो । पहिलो बलमा मार्टिन गप्टिलले एक रन बनाए । दोस्रो र तेस्रो बलमा किर्तनले एक/एक रन लिए । चौँथो बलमा किर्तनले डट बल खेले भने पाँचौँ बलमा एक रन लिए । पाँचौँ बल रेमनले वाइड दिए र अन्तिम बल डट राख्दै पोखराले विराटनगरमाथि सुपर ओभरमा १३ रनको जित निकालेको हो ।