काठमाडौं – नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समितको सातौँ खेलकुद सप्ताह अन्तर्गत आज तानडोरी प्रतियोगिता तर्फका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन । आयोजकका अनुसार छात्र तर्फ ज्ञानभूमी स्कुल प्रथम भएको छ भने कान्तिपुर एकेडेमी द्वितीय भएको छ । यसैगरी पीक प्वाइन्ट एकेडेमी तेस्रो भएको छ ।
यसैगरी छात्रातर्फ कान्तिपुर एकेडेमी प्रथम भएको छ भने पीक प्वाइन्ट द्वितीय भएको छ । यस्तै मिलन धर्मस्थली तृतीय भएको छ । काठमाडाैँ भीमसेनगोलामा रहेको अमर आदर्श माध्यमिक विद्यालय (इंग्लिस बोर्डिङ) मा भएको तानडारी प्रतियोगितामा करिव ५० विद्यालय सहभागी भएका थिए । नक आउट चरणबाट खेल खेलाइएको थियो । एक खेल तीन पटक खेलाइएको थियो । जसमा २ पटक जित्ने अर्को चरणमा प्रवेश गर्न पाउथ्यो । सोहि अनुरुप छात्र र छात्रातर्फ खेल खेलाइएको थियो ।
खेल सम्पन्न गर्न निर्णायकको भूमिकामा केशब राज गौतम रहनुभएको थियो भने रेफ्रीको भूमिकामा सुरेश नेपाली रहनु भएको थियो । बुधबार विहानबाट खेल सुरु भएको थियो । जसमा पहिलो डेमो खेलको रुपमा विद्यालयका संस्थापक, प्रिन्सिपलहरुले खेलेका थिए । जुन विद्यार्थी खेलाडीहरुलाइ नियमबारे जानकारी गराउनको लागि खेलाइएको थियो ।
अब भोलि बिहीबार र शुक्रबार खेलकुद सप्ताह अन्तर्गतको अन्तिम खेल हुनेछ । जसमा बास्केट बल प्रतियोगिता हुनेछ । कपनको एपेक्स स्कुलमा बास्केट बलतर्फका खेलहरु हुनेछन् । विहान १० बजेबाट खेलहरु सुरु हुने भएकाले टाइसीट अनुसार समयमै उपस्थित हुन सम्पूर्ण विद्यालयलाइ आयोजक एन प्याब्सन काठमाडाैँका उपाध्यक्ष तथा खेल संयोजक प्रेम कुमार भुजेलले अनुरोध समेत गर्नुभयो ।
यहि २९ गते शनिवार एक कार्यक्रमकाबीच पुरस्कार वितरण तथा खेल सप्ताह समापन गरिने अध्यक्ष अमृत कुमार खड्काले बताउनुभयो ।