काठमाडाैं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले गायन तर्फको अर्किड आइडल सिजन १० को अडिसन राउण्ड सम्पन्न भएको छ । सिजन ९ मा जम्मा १ सय ३५ जनाले भाग लिएका थिए । जसमा ८५ जना आगामी चरण सेमिफाइनलका लागि छनोट भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । उक्त आइडल अन्तर्गत अडिसन राउण्डको निर्णायको भूमिकामा कलाकार किरणविन्द्र राईले गर्नुभएको थियो ।
विद्यार्थीहरुमा अन्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने, विद्यार्थीहरुमा जिवनपयोगी सिप तथा संस्कारहरु सिकाउने, समाजीकरणमा सघाउ पुग्न तथा लोक संस्कृतिहरुको संरक्षण गर्ने जस्ता उद्देश्यहरु राखि सञ्चालनमा ल्याइएको यस आइडलको दशौँ संस्करणसम्म आउदा विद्यार्थीहरुको बर्षिेनी उल्लेखनीय सहभागिता हुदेँ गएका कारण विद्यालय उद्देश्यउन्मुख भएको र जसमा सिङ्गो विद्यालय परिवार नै खुसी भएको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो । अर्को सेमिफाइनल राउण्ड २८ गते शुक्रवार हुनेछ ।
साथै विद्यालय भित्र मात्रै नभई बाहिर पनि विद्यार्थीहरुलाई विविध प्रतियोगितामा सहभागी गराउदैँ आइरहेको छ । विद्यालय अतिरिक्त क्रियाकलापहरुमा मात्र नभई शैक्षिक उपलब्धिहरुमा समेत उत्कृष्ट रहेको छ । कागेश्वरी मनोहरा नगरपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको छ अर्किड स्कुल । नेशनल प्याब्सन काठमाडाैँले आयोजना गरेको खेलकुद सप्ताहमा कबड्डीतर्फ समेत अर्किड स्कुल द्वतीय स्थान प्राप्त गर्न सफल भएको छ । यसैगरी केहि महिना अघि फोरम अफ इन्चिट्युट स्कुल मेनेजरस् (फिजम)को अन्तर -बिद्यालय कविता प्रतियोगितामा समेत अर्किड स्कुल प्रथम भएको थियो भने २११औँ भानु जयन्तीको अवसरमा आयोजित जिल्लाव्यापी कविता वाचन प्रतियोगीतामा समेत अर्किड स्कुल प्रथम भएको थियो ।