पर्सामा रवि लामिछानेको बयान सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको छ ।

मंगलबार बिहान १० बजे वकिल कार्यालयमा उपस्थित गराएर बयान सुरु गरिएको पर्साका एसपी कुमुध ढुंगेलले जानकारी दिनुभयो ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा लगिएको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो ।

गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । यसअघि कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्