कृष्णभीरमा आज दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात

काठमाडौं – धादिङको कृष्णभीरमा आज दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ ।

धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी चालक र सहचालक बेपत्ता भएका हुन् ।

सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ । ग्यास बुलेट दुर्घटनामा परेको क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्