नेशनल प्याबसन काठमाण्डौको साप्ताहिक खेलकुद अन्तर्गत आज फुटसलको प्रारम्भिक चरणका खेलहरू सम्पन्न

काठमाडौं – नेशनल प्याबसन काठमाण्डौको आयोजनामा सन्चालन भइहेको साप्ताहिक खेलकुद अन्तर्गत आज फुटसलको प्रारम्भिक चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन । कमलादीस्थित युनिग्लोब कलेजको फुटसलमा सम्पन्न भएका खेलहरुमा आज १७ ओटा विद्यालयहरू दोस्रो चरणमा प्रवेश गरेको फुटसल खेल सयोजक निराजन आचार्यले जानकारी दिनुभयो ।

नक आउट प्रकृया बाट सम्पन्न पहिलो चरणका खेलहरुमा जोसेफ स्कुलले माउन्ट ओलिभलाई त्यस्तै क्रमश: मन्दुले विभुती स्कुललाई, अरुणी स्कूलले ग्रीनवीच एकेडेमीलाई, कान्तीपुर इङ्‌लीस स्कुलले रन्जल होमलाई पराजित गरेको छ ।

यसैगरी विर सेवा स्कूलले बिपुल स्कुललाई, बोधिसदनले आशा इङलीस स्कुललाई, तक्षाशिलाले आमदा ब्लम स्कुललाई, एजिएमले बोन स्काई लार्कलाई त्यसैगरी मिलन धर्मस्थलीले नेरिक एकेडेमीलाई, प्रसादीले अंकुर स्कुललाई पराजित गरेको छ ।
मेरी ल्याण्डले ट्रिटन स्कुललाई, अमर आदेशले ईलिगेन्टलाई, महाकवि देवकोटा स्कुलले पिपुल्स एकेडमीलाई, कोलम्बस स्कुलले सगरमाथा स्कुललाई, अर्किड प्युपल सेकेण्डरी स्कूल गोठाटारू‌ले भीमेश्वर एकेडेमीलाई पराजित गरेको छ ।

यस्तै प्रोग्रेसिभ स्कुलले ग्रिनफिल्डलाई, निर्मल ज्योति स्कूल काँडाघारीले फ्यूचर स्टार स्कुललाई त्यस्तै, पुष्पलाल स्कुलले कान्तिपुर एकेडेमीलाई, दर्शना स्कुलले सन फ्लावर स्कुललाई, ग्रिन लन्स स्कुलले सेन्ट जुलीएमलाई पराजित दोस्रो चरणम प्रवेश गरेको संयोजकले जानकारी दिनुभयो ।

खेलकुद सप्ताहमा सदस्य विद्यालयका खेलाडीहरुको उत्साहजनक सहभागीताले आयोजक नेशनल प्याब्सन काठमाडौको उद्देश्यपूर्ति हुने कुरामा दुइमत नरहेको खेलकुद सप्ताह संयोजक तथा एन प्याब्सन काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

साथै दोस्रो चरणका केही खेलहरू समते सचालन गरिएको छ ।पहिलो खेलमा मान्डु स्कुलले जोसेफलाई पराजित गर्दै क्वाटरफाइ‌नलमा आफ्‌नो स्थान पक्का गरेको छ । त्यस्तै दोस्रो चरणकै दोसो खेलमा अमर आदेशले मेरील्याण्डलाई पराजित गरेको छ । यस्तै तेस्रो खेलमा अर्किड स्कुलले प्रोग्रेसिभ स्कुललाई पराजित गर्दै क्वाटरफाइ‌नलमा आफ्‌नो स्थान पक्का गरेको छ ।
बाँकि खेल भोलि सञ्चालन हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्