शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई सरकारको अनुरोध

काठमाडाैँ –शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई सरकारले अनुरोध गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रलाई शिक्षकहरुलाइ मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको हो ।

शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न पालिकाहरूलाई ताकेता गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्