‘सरकारले ई-गर्भनेन्सलाई लागु गर्न सके भ्रष्ट्राचार नियन्त्रणमा आउँछ : सञ्चारमन्त्री गुरुङ

काभ्रे – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले इ–गर्भनेन्सलाई लागू गर्न सकेमा भ्रष्ट्रचार नियन्त्रणमा आउने बताउनु भएको छ । शुक्रबार, काभ्रे स्थित काठमाडौं विश्वविद्यँलयको कम्प्युटर क्लबले आयोजना गरेको ‘आइटी मिट २०२४’ लाई सम्बोधन गर्दै सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत इ–गर्भनेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टचार नियन्त्रण गर्न सकिने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘डिजिटल नेपाल फ्रेमवर्कलाई गर्भनेन्स लेबलबाटै सुरु गर्ने सोच बनाइएको छ, देशका ७ प्रदेश, ७५३ वटै पालिका, नेपाल सरकारका ४२ वटा मन्त्रालय, ७६१ वटा सरकार, लगायतका देशभरका सरकारी कार्यालयहरुमा इ–गर्भनेन्सको कार्यक्रम लागू गर्न सकियो भने भ्रष्ट्रचार नियन्त्रण गर्न सकिनेछ ।’

उहाँका अनुसार, नेपाल सरकराले डिजिटल नेपाल फ्रेमर्वक कार्यान्वयन गर्ने भनेको छ । त्यसको लागि पनि नीती बनेको छैन । ‘नीती र रणनितीको आधारमा कानुन बनाउन जरुरी छ,त्यसपछि मात्रै बल्ल डिजिटल नेपाल फ्रेमवर्क कसरी कार्यान्वयन गर्ने कुरा अघि बढ्छ, त्यसले आठौं सेक्टरमा काम गर भनेको छ, त्यसमा विभिन्न विद्याहरु तोकिएको हुन्छ, जसमध्येको एउटा सेक्टर सरकार रहेको हुने कुरा उल्लेख छ ।’

सरकारले प्रविधिको क्षेत्रलाई महत्व दिन नसकेको बताउ“दै उनले भने, ‘सरकारले नीती नै परिवर्तन गर्नुपर्ने प्रमुख विषय भएको छ । सूचना र प्रविधिको क्षेत्रलाई कसरी विकास गर्ने, यसलाई औद्यँेगिकरणमा जोड्नुपर्ने, नेपाललाई आइटीको हब बनाउने विषयमा धेरै कुराहरु भएपनि यसको लागि नीति भने अहिलेसम्म बनाउन सकिएको छैन ।’

आईटी मिट २०२४ ले सूचना प्रविधिका पछिल्ला विकासहरू, देशभरिका प्रविधि उत्साहीहरूलाई एकत्रित गर्दै नया“ अवसर र प्रेरणा प्रदान गर्नको लागि आयोजना गरिएको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबका अध्यक्ष्ँ निर्जल भुर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार, यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा नवीनता र सृजनशीलतालाई प्रवर्द्धन गर्नेछ । कार्यक्रममा समावेश गरिएको कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्ट्स, गुगलिङ प्रतियोगिता, केयूबिङ प्रतियोगिता जस्ता विविध गतिविधिमा सहभागिताको अवसर प्रदान गर्ने छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा नेपालको अग्रणी प्रविधि कार्यक्रम आईटी मिट २०२४ शुक्रबार र शनिबार काठमाडौं विश्वविद्यालय, धुलिखेल क्याम्पसमा आयोजना गरिएको छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्