नेपाल राष्ट्रिय व्यवसायी महासंघको अधिवेशनमा प्रतिनिधि पठाउने नेपाल व्यापार संघको निर्णय

काठमाडौँ- नेपाल व्यापार संघको पदाधिकारी बैठक बसेको छ । बिहिबार काठमाडौँको खिचापोखरीमा रहेको घुइँचो रेष्टुरेन्टमा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो । बैठकले महत्वपूर्ण दुइवटा निर्णयमाथि छलफल गरेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको हुने अधिवेशनमा प्रतिनिधि पठाउने तथा प्रतिनिधि चयन गर्ने विषयमा छलफल भएको छ । पौष २१ गते हुने महाधिवेशनमा ५१ जना प्रतिनिधि तथा ५ जना पर्यवेक्षक पठाउने बिषयमा छलफल भएको छ । जसमा ५१ जनाको नाम समेत टुंगो लगाएको छ भने ५ जना पर्यवेक्षकको नाम समेत अनुमोदन गरेको छ ।

नेपाल व्यापार संघका महासचिव दिपक सापकोटाले प्रतिनिधि छनोट गरि नामावली प्रस्तुत गर्नुभएको थियो । उक्त नामावलीलाई पदाधिकारी बैठकले पारित समेत गरेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अधिवेशनमा प्रतिनिधि पठाउने विषयमा पदाधिकारीहरुले आ–आफ्नो प्रतिक्रिया राखेका थिए ।

यसैगरी नेपाल व्यापार संघका कोशी प्रदेश उपाध्यक्ष तेज प्रसाद आचार्यले हालसालै भएको चिनियाँ नाका केरुङ्का विषयमा जानकारी गराउनुभएको थियो । भन्सार प्रमुख, अध्यागमन प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतका टीमले राम्रो सहकार्य गरि छलफलात्मक कार्यक्रम गरि सहजिकरण गरेको समेत बताउनुभयो ।

नेपाल व्यापार संघको बार्षिक साधारण सभा तथा अधिवेशन बारे समेत छलफल भएको छ । जुन माघ महिनाको अन्तिम हप्ता गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यस्तै बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले समेत बैठकमा उठेका विषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो । यसैगरि उहाँले नेपाल राष्ट्रिय व्यवसायी महासंघको अधिवेशनमा प्रतिनिधि पठाउनु उपयुक्त हुने धारणा समेत राखेका थिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष गिरिराजमणी पोखरेल, महिला उपाध्यक्ष पार्वती भट्ट पौडेल, इन्दिरा लामिछाने, अधिवक्ता अजिता अर्याल, गण्डकी प्रदेश उपाध्यक्ष जयकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्