मीना चौलागाईको मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ –  मुक्तककार मिना चौलागाईद्वारा  लिखित मनोकाङ्क्षा मुक्तकसंग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले  आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह विमोचन गरिएको हो । १ सय ४ पृष्ठको पुस्तकमा ३ सय १२ वटा मुक्तक समेटिएका छन । संग्रहमा समाविष्ट मुक्तकहरुले प्रेम,राजनीतिक विषयवस्तु, लैंगिक विभेद लगायतका विषयहरु समेटिएका छन् । लेखक चौलागाइले लेखनमार्फत समाजका विभिन्न पक्षलाई उजागर गर्न सफल भएको र आफ्नो सिर्जनामा व्यक्तिगत अनुभव र सामाजिक सन्देशलाई समेट्न सफल भएको समिक्षकहरुले बताएका थिए । यसैगरी यस संग्रहको विमोचनले नेपाली साहित्यमा नयाँ सोच र दृष्टिकोणको सिर्जना गर्ने अवसर प्रदान गर्ने र युवा तथा नयाँ पिढीलाई साहित्यप्रति आकर्षित गर्ने पनि कार्यक्रममा बताइएको थियो । लेखक चौलगाइको यस अगाडिपनि मुक्तक मिनार मुक्तकसंग्रह लगायतका धेरै कृतिहरु प्रकाशित भैसकेका छन् ।

हालसम्म प्रकाशित कृति

मेरो धेरै कृतिहरु प्रकाशित भएका छन् ।

‘मुक्तक मिनार’ मुक्तकसंग्रह – २०७८

‘मनोकांक्षा’ मुक्तकसंग्रह –२०८१

‘मुक्तक माधुर्य’ संयुक्त मुक्तकसङ्ग्रह-( २०७५) नेपाल मुक्तक प्रतिष्ठान

‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ संयुक्त मुक्तकसङ्ग्रह(२०७६)

‘हैसियत’ संयुक्त गजलसंग्रह (२०७६)

‘प्राज्ञा नेपाली नारी मुक्तक’ (२०७७)

‘मुक्तकमा समावेश स्वरुपहरु’ संयुक्त मुक्तकसंग्रह (२०७७)

स्मारिका तथा मुक्तक सञ्चयन(२०७९)

नेपाल मुक्तक प्रतिष्ठान (दसौँ वार्षिकोत्सव) मुक्तक समावेश

‘अन्तर्वोध’ संयुक्त गजलसंग्रह (२०८०)

‘विजयोपहार’ संयुक्त मुक्तकसंग्रह (२०८०)

‘नन्दन’ संयुक्त कोपिला संग्रह (२०७८)

‘नन्दन’ संयुक्त कोपिला संग्रह (२०८१)

विगत एक दशकदेखि विभिन्न किसिमका पत्र-पत्रिकाहरुमा विविध विधाका रचना निरन्तर रुपमा प्रकाशित

सम्मान तथा पुरस्कार ∶ अन्तर मुक्तक राष्ट्रिय सम्मान (२०७९) लमजुङ

प्रकाशोन्मुख कृति -गजलसंग्रह,गीतसंग्रह, मुक्तकसंग्रह

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्