खचाखच सामान अनि साना नानिबाबुको ब्यवसाय

घोराही-  मानिसको दैनिक जिवनमा आवश्यक पर्ने सामान टन्नै छन । जता हेर्दा पनि आफुलाई आवश्यक पर्ने सामान मात्र देखिन्छन । साहुजि पनि बालबालिका अनि ग्राहक पनि बालबालीका । कस्मेटिक सामान , खेलौना सामान , स्टेसनरी सामान , फलफुल , तरकारी लगायतका सामान राखेर बसेका बालबालिका कोहि सामान बेच्न ब्यस्त हुन्छन भने कोहि सामान किन्न र हिसाव गर्न ब्यस्त हुन्छन । गुरुकुल एकेडेमी तुलसिपुर घोराही र लमहिको प्रांगणमा मन्टेस्वरी लेभलको आयोजनामा भएको गुरुकुल मिनि मार्ट कार्यक्रममा यस्तै दृश्य देखिएको थियो । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिमा प्रि १ देखि कक्षा ९ सम्मका विद्यार्थिहरुलाई मानिसको दैनिक जिवनमा आवश्यक पर्ने सामानहरु खरीद विक्रि गर्ने र सामान किन्दा पैसाको हिसाव किताव गर्ने कुराको ज्ञान दिन गुरुकुल मिनि मार्ट कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।

यस्तै गुरुकुल एकेडेमी घोराहीमा पनि सोहि लक्ष्य अनुरुप उक्त मार्ट संचालन गरीएको शिक्षिका सुनिता रानि पुनले जानकारी दिनुभयो । उँहाले गुरुकुल एकेडेमी घोराहीमा भने प्रि १ देखि कक्षा ३ सम्मका विद्यार्थिहरुको लागि मार्ट संचालन गरीएको बताउनुभयो । कक्षा प्रि १ र प्रि २ का विद्यार्थिहरुले रु १०० को सामान किन्न पाँउने तथा कक्षा १ देखि ३ सम्मका विद्यार्थिहरुले रु २०० सम्मको सामान किन्न पाँउने री व्यबस्था गरीएको पनि मन्टेस्वरी शिक्षिका पुन बताउनुभयो । यसरी ब्यबसायिक रुपमा गरीने कार्यक्रमबाट विद्यार्थिहरुले आफुलाई चाहिने सामान मात्र खरीद गर्दैनन् उनिहरुले आफ्ना अभिभावक संग कति रकम लिएर आउछन कति पैसाको सामान किन्छन र कति पैसा फिर्ता पाँउछन भन्ने कुराको आधारभुत जानकारी पाँउने विद्यालयले बताएको छ । कार्यक्रम विद्यालयको वार्षिक क्यालेन्डर अनुसार विद्यालय सुरुवाति चरणबाटै संचालन गरीएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्