जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको छ ।

चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र  आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई थियो । मंगलवार अपरान्ह जलन पीडितहरुसँगको छलफलमा उहाँले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताउनु भयो । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पु¥याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, अहिले हामीले यो ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै विरामीको उपचार शुल्क मन्त्रालयले व्यर्होर्छ । त्यसअनुसार व्यवस्थापन गर्नु÷गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरिसकेको अवस्था छ । यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ ।

मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुयाउने सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा जलन पीडितहरुले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भुमिकाको प्रशंशा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्