कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -०८ बेल्डाडीँमा रहेको श्री सिद्धनाथ माद्यामिक बिद्यालयमा प्रधानाध्यापकको मनपरीका कारण विद्यार्थीको भविष्य नै अन्धकार हुने अवस्था आएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष करन सिह बाेहरा र प्रधानाध्यापक गाेबिन्द बहादुर ढाँटकाे कारणले विद्यार्थीहरूको पढाइ प्रभावित हुन पुगेको छ ।
नगरपालिकाले शिक्षामा केही सुधार ल्याउन गरेको शिक्षक खटनपटन, व्यवस्थापन, जिम्मेवारी हेरफेर तथा सरूवालाई अन्य विद्यालयले स्वागतयोग्य रहेको बताउदै आएतापनि सिद्धनाथ विद्यालयका प्रअले भने अटेरी गर्दै आएका छन् । स्थायी शिक्षक समेत नरहेका प्रअ ढाँटले विद्यार्थीको भविष्यमाथि तथा विद्यालय प्रशासनमाथस नै रजाई गरेका छन् ।
२०८०फागुनमा बिज्ञान बिषयकाे सङघीय शिक्षण सिकाइ अनुदान शिक्षक पदपूर्तिकाे काेटा प्राप्त भएकोमा साे काेटा प्राप्त पत्र समेत हालसम्म लुकाएको र पदपूर्ति नगरेको, हाल बिद्यालयमा बिज्ञान शिक्षककाे पदपूर्ति नभएको कारण बिद्यार्थीकाे पढाइमा प्रतिकुल असर परेको छ ।
२०८०चैतमा शुक्लाफाँटा नगरपालिका कार्यालय झलारि कञ्चनपुरले नियमानुसार नगर शिक्षण सिकाइ अनुदान काेटामा निमाबि र माबि तहको विभिन्न बिषयका ५ जना शिक्षकहरुकाे काेटा खालि रहेकोमा बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार र जनशक्ति ब्यबस्थापनकाे लागि शिक्षक भर्ना प्रकृया अगाडि बढाउन र बिद्यार्थीकाे भबिस्यमाथि खेलबाड नगर्न/नगराउन पटकपटक ताकेता र पत्राचार गर्दापनि ब्यबस्थापन समिति अध्यक्ष र प्रअले ब्यबस्थापन समिति बैठक समेत नबाेलाएकाे, शिक्षक भर्ना नगरि बिद्यार्थीकाे भबिस्यमाथि गम्भीर खेलबाड गरेको पाईएको छ ।
बिद्यालयमा हाल कार्यरत निजिस्राेत शिक्षकहरु भर्ना गर्दा बिना प्रतिष्पर्धा भर्ना गरि गैरकानुनी कार्य गरेको, शुक्लाफाँटा नगरपालिका शिक्षा शाखाले नियमानुसार बिद्यालयमा दरबन्दी मिलान, समायोजन ,स्थायी प्रअ ब्यबस्थापन गरेकोमा निज अध्यक्ष र प्रअले हालसम्म नगरपालिका शिक्षा शाखाले नियमानुसार बिद्यालयमा प्रअ काे जिम्मेवारी निर्वाह गर्न खटाएको स्थायी शिक्षकलाइ बिद्यालय ब्यबस्थापन समितिले निर्णय गर्दा पनि प्रअ काे जिम्मेवारी नदिइ गैरकानुनी कार्य गरेको छ ।
बिद्यालय मा कार्यरत निजिस्राेत शिक्षकहरुकाे २ बर्षदेखि पारिश्रमिक भुक्तानी नदिएको, बिद्यालयमा पढाइ र शैक्षिक क्रियाकलाप भन्दा बिद्यालयमा राजनीतिक पार्टीका कार्यक्रमहरु तिर बढि केन्द्रीत रहेको, बिद्यालयमा कार्यालय सहयोगी र सुरक्षा गार्ड भर्ना गर्दा बिना बिज्ञापन र बिना प्रतिष्पर्धा भर्ना गरि गैरकानुनी कार्य गरेको भन्दै अख्तियारमा उजुरी समेत परेको छ ।
बिद्यालय ब्यबस्थापन र प्रशासनले गरेको गैर कानुनी कामकारबाही काे बिराेध गरे मा अभिभावक र शिक्षक स्टापहरुलाइ अश्लील गालि गलौच गर्ने र धाकधम्कि दिने गरेको, बिद्यालय हाताभित्र रहेमा दर्जनौं सिसमका रुखहरु गैरकानुनी तरिकाले कटान गरि गैरकानुनी तरिकाले निजि समिलहरुमा बिक्रीवितरण गरेको र साे बाट प्राप्त रकम समेत हिनामिना गरेको भन्दै बिद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यापक पिडित अभिभावक र शिक्षकहरूले उजुरी दिएका छन् ।
आफुलाइ प्राप्त अख्तियार /अधिकार दुरुपयोग, गैरकानुनी कार्य र अनुचित कामकारबाही निरन्तर जारि राखेकोले श्री सिद्धनाथ माद्यामिक बिद्यालय शुनपा-०८ बेल्डाडिकाे स्थलगत अनुगमन गरि निजहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिपाँउ साथै बिद्यालयलाई नियमानुसार सञ्चालन /व्यवस्थापनको व्यवस्था गरिपाउँ भनी अख्तियार समक्ष निबेदन पेश गरेेको छ ।