पोखरा – प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिइएको भन्दै निर्णय बदर गरिदिएको हो ।
उक्त निर्णयको जानकारी पत्र १४ गते पोखरा महानगरमा गइसकेको छ । महानगरले सर्वोच्च अदालतको आदेश भन्दै लोकसेवा आयोगको परामर्श विना आन्तरिक प्रतिस्पर्धाको नाममा उनीहरूलाई स्थायी नियुक्ति दिएको हो । यसरी नियुक्ति दिँदा प्रदेश भित्रका पालिकामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने र समग्र कर्मचारी संरचनामा समेत असर पर्ने आयोगको ठहर छ ।