दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा मात्रै जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा दसैं र तिहारको जुवातास खेल्ने ३ सय ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ देखि कात्तिक २० गतेसम्म प्रदेशका ६ जिल्लाबाट २९ लाखभन्दा बढी नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दसैं र तिहारका अवधिमा चाडबाड सुरक्षा योजना लागू भएपश्चात् सबैभन्दा बढी कैलालीमा १ सय ८४ जना पक्राउ परेका छन् । कञ्चनपुरबाट १ सय ५९ जना, डडेलधुरामा २८ जना, डोटीमा १२ जना अछाममा ९ जना र बझाङबाट ५ जनालाई  पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबैबाट नगद रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्