प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्