काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।
तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सो दिनको तुलनामा यस दिन यस्तो सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।
यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ थियो।