इटालीको बीआइटी मिलानो टुरिजम एक्स्पो मा नेपाली सामाग्रीको स्टल, सिन्धुपाल्चोका जनप्रतिनिधि सहित सरोकारवालाको सहभागिता

इटालीमा आइतबारदेखि सुरु भएको ३ दिने बीआइटी मिलानो टुरिजम एक्स्पोमा पर्यटन प्रवर्द्धनको लागि नेपालबाट अन्तर पालिका पर्यटन प्रवर्द्धन समिति(ITPC)ले समेत आफ्नो स्टल राखेको छ ।

नेपालमा बनेका स्थानीय हाते सामग्रीहरू स्यामा, बक्खु, खुकुरी, पोशाक, विभिन्न पर्यटकीय क्षेत्रको फोटो लगायत सामग्रीहरूको प्रदर्शन गरेको छ । बीआइटी मिलानो फायरमा नेपालका तर्फबाट टानका कार्यकारी सदस्य कान्छा शेर्पा, अन्तर पालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष बालकृष्ण देउजा, इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका उपाध्यक्ष मिरा अधिकारी, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकका उपाध्यक्ष कोपिला पन्डित, पाँचपोखरी थाङपाल गाउँपालिका–३, सिन्धुपाल्चोकका वडा अध्यक्ष निमाछिरिङ तामाङ, पाँचपोखरी थाङपाल पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष सुवास तामाङ, रबिन्द्र खाती, कृष्ण चौलागाइ, टिम प्रमुख रबिन्द्र अर्याल लगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ विभिन्न प्रदर्शनी तथा प्रचार प्रसार गरिएको छ । सिन्धुपाल्चोकको कला, संस्कृति, धर्म र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण महत्वपूर्ण स्थलहरुको भ्रमण गर्न समेत कार्यक्रममा आह्वान गरिएको पाँचपोखरी थाङपाल पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष सुवास तामाङले उपहार खबरलाई जानकारी दिनुभयो । कार्यक्रममा राखिएको नेपाली स्टल एक लाख भन्दा बढीले अवलोकन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्