कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो

काठमाण्डौ – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।
ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ । यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशंकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ ।

जहाजमा कोरोना संक्रमित पनि रहेको आशंकामा ३ हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन रोक लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्