विश्वकप क्रिकेट लिग–२ अन्तरगत नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार (आज) नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाललाई ओमनसँग बदला लिने राम्रो अवसर छ ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती छ । दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । लगातार दुई जित निकालि सकेको ओमनको मनोबल उच्च छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । नेपालको दुई अंक छ । पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्