थाइसैनकिको अन्धाधुन्द गोली प्रहारबाट मृत्यु हुनेको संख्या पुग्यो

काठमाडौं – थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले आफ्ना कमान्डरसहित २० जनाको गोली हानी हत्या गरेका छन् । गोली लागेर दर्जन बढी घाइते भएका छन् ।

थाई सहर नाखोन रत्चासिमा शनिबार जुनियर सैनिक अधिकारी जाकाराफन्थ थोमाले अन्धाधुन्ध गोली प्रहार गरी आफ्ना सैन्य कमान्डरसहित २० को हत्या गरेका हुन् ।

बीबीसीका अनुसार, थोमाले सुरुमा आफ्ना कमान्डिङ अफिसरको हत्या गरेका थिए । कमान्डरको हत्यापछि क्याम्पबाट हतियार चोरेर भागेका उनले सपिङ सेन्टरमा पुगेर अन्धाधुन्ध गोली हानेका थिए ।

घटनामा गोली लागेर घाइते दर्जन बढीलाई अस्पताल लगिएको थाई सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सपिङ सेन्टरमा त्रसित बनेका सयभन्दा बढीको उद्धार गरिएको छ ।

आक्रमणकारीको पहिचान भए पनि उनलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको प्रयास सफल हुन सकेको छैन । बीबीसीका अनुसार, उनी सपिङ कम्प्लेक्समै लुकिरहेको हुनसक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणका लागि अहिले सुरक्षाकर्मीले सपिङ कम्प्लेक्सलाई पहरा दिइरहेको छ ।

सैनिक सेवामा रहेका ती व्यक्तिले यो हदको अमानवीय हर्कत किन गरे भन्नेबारे खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्