७ लाख जनाले अझै लाइसेन्स पाउन सकेनन्, मास प्रिन्टरले दैनिक १० हजार लाइसेन्स छाप्दै

काठमाण्डौ, यातायात व्यवस्था विभागले माग अनुसारको छपाइ गर्न नसक्दा झण्डै ७ लाख जनाले स्मार्ट सवारीचालक अनुमतिपत्र अर्थात लाइसेन्स पाउन सकेका छैनन् ।

विभागले धेरै छपाइ गर्न सक्ने मास प्रिण्टर ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरेको बताए पनि अझै ७ लाख जनाले अनुमतिपत्र पाउन बाँकी छ । उनीहरुले रसिद मात्र पाएका छन् । त्यहि रसिद देखाएर उनीहरुले गाडी र मोटरसाइकल चलाइरहेका छन् ।

विभागले गएको साउनमा ल्याएको मास प्रिन्टरले पूर्ण क्षमतामा लाइसेन्स छपाइ थालेको १ महिना भएको विभागले जनाएको छ । मास प्रिन्टर पूर्ण क्षमतामा सञ्चालनमा आएपछि झण्डै डेढ लाख लाइसेन्स छापिसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

मास प्रिन्टरले दैनिक १० हजार लाइसेन्स छापिरहेको भएपनि माग घट्न नसकेको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्