आफुलाई फसाउन आफ्नै मान्छेहरु लागेकाछन् : सभामुख सापकोटा

सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागिपरेको बताउनुभएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गर्नुभएको हो । उहाँले ती शत्रुहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताउनुभयो । ‘सभामुख पद साझा हो,’ उहाँले भन्नुभयो, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्