प्रधानमन्त्री ओली एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ ।

एशियाली व्यवस्थापन संस्थाहरुको संगठन(आमो)ले शुक्रबार राजधानीमा आयोजित एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा छ ।

हाल व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिबृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेशिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य छन् ।

नेपालका व्यवस्थापकहरुको छाता संगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्