बालुवाटार जग्गा अनियमितता : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई समेत कारवाहीको माग

काडमाडौँ । मानव अधिकारकर्मी कृष्ण पहाडीले बालुवाटार जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको समेत संलग्नता देखिएको भन्दै राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको देखिएको भन्दै उनले अब राज्यले नेपाल र भट्टराईलाई पनि कारबाही गर्नुपर्ने एक विज्ञप्तिमार्फत माग गरेका छन् ।

पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १ सय ७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

‘गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण छ’, उहाँको विज्ञप्तिमा भनिएको छ, ‘उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको म स्वागत गर्दछु र त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाज आन्दोलनले पनि सहकार्य गर्न सक्ने छ ।’

जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्र माथि नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनताका कारणले खतरा रहेको पनि उनले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्