कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही प्रक्रिया थालियो

काठमाण्डौ, सरकारले कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया थालेको छ ।

व्यवसायीले भाउ बढाउनुको कारणसहितको प्रमाणका लागि कागजात जुटाउने काम भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ ।

विभागकका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्रमाण जुटाउन एकहप्ता लाग्ने जानकारी दिनुभयो । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुने सुवेदीले बताउनुभयो ।

डेढ महिना अघिसम्म २ सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासु अहिले चार सय २० रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्