आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

काठमाण्डौ, शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ। मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्