ललितपुरका विभिन्न ठाउँमा आज पाँच घण्टा बत्ति जाने, कुन–कुन ठाउँमा जाँदैछ बत्ति ?

ललितपुर, शनिबार ललितपुरको विभिन्न ९ ठाउँमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले बत्ती जाने भएको हो ।

बिहान ११ बजेखि साँझ ४ बजेसम्म ञसट डाउनझ हुने केन्द्रले जनाएको छ । यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने भएको छ ।

निर्धारित समय अगावै काम सकिए ४ बजेभन्दा अगाडि नै बत्ती आउने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्