कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

काठमाण्डौ, चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको हो ।

यस्तै, ३१ हजार २ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ । चीन बाहिर २५ देशका २ सय ७० जनामा पनि कोरोना को संक्रमण भएको पाइएको छ ।

यसैबिच, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एकजनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले शनिबारदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्