अस्ट्रेलियामा मुसलधारी पानी : एक तिहाइ आगो निभ्यो

काठमाण्डौ – अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ ।

लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।

तर मौसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् । गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गैसकेको छ भने एक करोड हेक्टर जमिनमा क्षति पुगिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्