तराईका जनतासँगको मेरो प्रेम अटुट छ : प्रचण्ड

file photo
File Photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराईका जनतासँग आफ्नो प्रेम बसेको भन्दै त्यो टुट्न नदिने बताउनुभएको छ । बिहीबार सिराहाको सखुवान्नकारकट्टीमा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षदेखि नै आफु र तराई मधेसका जनताबीच प्रेम बसेको बताउनुभयो । ‘मेरो तराइ मधेस माइती घर हो, यहाँका जनतासँगको प्रेम पुरानै हो । म त्यो प्रेम टुटाउने पक्षमा छैन’, प्रचण्डको भनाई छ ।

उहाँले विभिन्न राजनीतिक परिवर्तनका क्रममा तराई मधेसका जनताले देखाएको त्याग र बलिदान विर्सन नमिल्ने भन्दै हिमाल, पहाड र तराईको एकतालाई मजबुत ढंगले जोडेर मात्रै अधिकार, विकास र सम्बृद्धिको यात्रामा सफल हुन सकिने बताउनुभयो ।

आफु प्रधानमन्त्री भएका बेला तराई–मधेसका जनाताका लागि हुलाकी सडक विस्तार र सिञ्चाईका लागि गरेको पहलले सार्थकता पाउँदै गएको प्रचण्डको भनाई छ । हाल सत्तारुढ दलको अध्यक्षको हैसियतले पनि तराई मधेसको विकासका लागि आफुले गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

‘निजगढ–काठमाडौं फास्टट्रयाक, पूर्व पश्चिम रेलमार्ग, तराईको विकास, चुरे संरक्षण र सिञ्चाईलाई प्राथमिकतामा राखेको छ’, प्रचण्डको दावी छ । प्रचण्डले जनआकाँक्षा अनुसार संविधान संशोधन गर्दै जान सकिने भन्दै सोही अनुसार संविधानमा संशोधनका प्रावधानहरु राखिएको र त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्