गच्छदारलाई मुद्दा चलाएको भन्दै काँग्रेसद्वारा संसद अवरुद्ध

नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो ।

बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताउनुभयो ।

त्यसपछि काँग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए । सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख सापकोटाले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको घोषणा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्