हेलम्बुमा पहिलो पटक साहसिक खेल ’क्यानोविङ’ को सुरु, हेलम्बु मनमोहक पर्यटकीय गन्तव्य

 

सिन्धुपाल्चोक । नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै हेलम्बु गाउँपालिकाले क्यानोनिङ खेलको आयोजना गरेको छ । प्राकृतिक सौन्दर्य एवं पर्यटकीय गन्तव्यका रुपमा चिनिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि साहसिक खेल क्यानोनिङ सञ्चालन गरेको हो ।

गाउँपालिकाले भ्रमण वर्ष सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सुरु गरेको क्यानोनिङ खेलमा स्थानिय, कर्मचारी, गैरसरकारी सघं–सस्था, पत्रकार तथा विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । हेलम्बु गाउँपालिका विदेशीका लागि मात्रै नभई स्वदेशीका लागि समेत घुम्नका लागि रोजाईमा पर्ने पर्यटकीय गन्तव्य भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ’हेलम्बुको यस झर्नामा मात्रै होइन, अन्य झर्नामा समेत यस्तो साहासिक खेल क्यानोविङको सम्भावना छ ।’ हेलम्बु गाउँपालिकामा साहसिक खेलहरुको प्रचुर सम्भावना रहेको छ ।

प्राकृतिक रुपले मात्र नभएर हेलम्बु धार्मिक पर्यटनको हिसाबले समेत निकै सम्भावना बोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्