६ महिना वितिसक्दा पनि १३ प्रतिशतमात्र विकास बजेट खर्च, असार मसान्तको पर्खाइमा सरकार

काठमाण्डौ – चालु आर्थिक वर्षको ६ महिनासम्म विकास खर्च र राजश्व संकलनको अवस्था निराशाजनक रहेको छ । विशेषगरी विकास बजेट खर्च नहुँदा सरकार र नागरिक दुवैमा निराशा उत्पन्न भएको छ ।

यो आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा पुस मसान्तसम्म ५८ अर्ब ३९ करोड अर्थात जम्मा १३ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको छ । गएको वर्षको यही अवधीमा १७ दशमलव ७ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो वर्ष सरकारले थप सुधार गरेको दावी गरे पनि ६ महिनामा जम्मा १३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

यस्तै चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याएकोमा पुस महिनासम्ममा ३ खर्ब ९ अर्ब अर्थात ३२ दशमलव ३५ प्रतिशत खर्च गरेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा ६ महिनामा २७ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै सरकारले यो आर्थिक वर्षमा पोहोरको भन्दा ३० प्रतिशत धेरै अर्थात ११ खर्ब ७० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिए पनि १३ प्रतिशतको मात्रै बृद्धि देखिएको छ । ६ महिनामा पाँच खर्ब ३७ अर्ब रुपैयाँ राजश्व संकलन हुनुपर्नेमा चार खर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । यो लक्ष्यभन्दा १ खर्ब ३७ अर्ब रुपैयाँले कम हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्