सुनको मुल्य तोलामा सात सयले बढ्यो

काठमाण्डौ – बुधबार सुन तोलामा सात सय रुपैयाँले बढेको छ ।

बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो ।

पुस महिनामा सुनको भाउ तोलमा २५ सय रुपैयाँ महँगो भएको थियो । पहिलो दिन पुस १ गते तोलाको ७१ हजार पाँ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने बढ्दै गएर २३ गते गएको बुधबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुग्यो ।

यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनामा चाँदी तोलामा ३० रुपैयाँ बढेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्