पौडेल र सिंहबीच दिल्लीमा भेटवार्ता, नेपाल भारत सम्बन्धबारे छलफल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

बुधबार नयाँदिल्लीमा पौडेल सिंहबीच भेटवार्ता भएको हो । भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गर्नुभएको छ ।

सिंह सत्तारूढ भाजपाका पूर्वअध्यक्ष पनि हुन् । काठमाडौंका विभिन्न अस्पतालमा रक्तचाप परीक्षण गर्दा फरक– फरक अवस्था देखिएपछि पौडेल उपचारका लागि नयाँदिल्ली जानुभएको हो । सोही क्रममा पौडेलले राजनीतिक भेटघाट पनि गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्