सभामुख चयन नभए संसद चल्न नदिने देउवाको चेतावनी

FILE PHOTO

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयन प्रक्रिया सुरू नगरे संसद चल्न नदिने बताउनुभएको छ ।

हिउँदे अधिवेशन आह्वान भएको महिनादिनसम्म पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको उल्लेख गर्दै देउवाले अब धेरै कुर्न नसकिने पनि बताउनुभयो ।

बुधबार मोरङ पुगेका देउवाले पत्रकारहरूसँग भन्नुभयो, ‘अब सभामुख चयन प्रक्रिया सुरू गरिएन भने हामी संसद चल्न दिन्नौं ।’

नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ । पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ ।

अर्को बैठक माघ ६ गते दिउँसो १ बजे डाकिएको छ ।

देउवाले पार्टी्भित्रका विवाद मत्थर हुँदै गइरहेको पनि दाबी गर्नुभयो ।

बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्